झापा
From Wikipedia
झापा जिल्ला मेची अञ्चलमा पर्ने अत्याधिक उर्वर तथा घना वस्ती भएको जिल्ला हो। यो जिल्लाको क्षेत्रफल १६०६ बर्ग कि.मी. र जनसंख्या करिव ७ लाख रहेको छ। यो जिल्लाको पूर्व र दक्षिणमा भारत, उत्तरमा इलाम, पश्चिममा मोरङ र सुनसरी जिल्ला पर्दछ। देशको केन्द्रीय राजनीतिमा मुख्य भूमिका खेल्दै आएको झापा जिल्ला नेपालको विकसित मधेशी जिल्ला हो।