मोना लिसा
From Wikipedia
मोना लिसा (जसलाई ला खियोक्कोन्दा वा ला खोकोन्दे पनि भनिन्छ) लियोनार्दो दा भिन्ची रचित एक चित्रकला हो। यो सम्भबत: विश्वकै सबैभन्दा प्रशिद्ध चित्र हो। यो चित्रमा भएकी महिला को हुन भन्ने कुरा कसैलाई यकिन छैन। लियोनार्दोको पहिलो जीवनिकार वासारिका अनुसार यो लिसा घेरारदिनी नामकी युवतीको हो। लिसा एक रेसम ब्यापारीकी श्रीमती थिइन, जो फ्लोरेन्समा बस्दथे। तथापी यो चित्र त लिसाको श्रीमान फ्रानसेस्को देल गियोकोन्दोको हो भन्ने मान्यता पनि छ। यो कुरा चाँही यस चित्र एक महिलाको नभएर एक पुरुषको हो भन्ने विचार बाट सुरु भएको हो।
लियोनार्दोले मोना लिसा सन् १५०३ मा सुरु गरि करिब तिन चार वर्ष पछि पुरा गरे। यो चित्र लियोनार्दोले सन् १५१६ मा फ्रान्स ल्याएका थिए र फ्रान्सका फ्रान्सिस प्रथमले किनेका थिए। मोना लिसा च्याट्यु फोन्टेनेब्लेउ मा टाँगिएको थियो र पछि भर्साइल्येसको दरवारमा सारिएको थियो। फ्रान्सिसी क्रान्ति पश्चात फ्रान्सका नेपोलियन प्रथम ले तुइलेरिएस दरवारको आफ्नो सुत्नेकोठामा टाँग्न लगाए, तर पछि यसलाई लुभ्रेमा सारियो, जहाँ यो अाज पनि छँदै छ।