शनिवार
From Wikipedia
शनिवार (वा शनिश्चरवार) हप्ताको सातौँ दिन हो। युरोप र अन्य केहि देशहरूमा भने शनिवारलाई हप्ताको छैटौँ दिन मानिन्छ। आइ एस ओ ८६०१ मापदण्ड अनुसार पनि यो हप्ताको ६औँ दिन हो। यसको नामाकरण शनि देवताको नामबाट गरिएको हो।
नेपालमा यो दिन सार्वजानिक बिदा हुन्छ। स्कुल, कलेज र विभिन्न संघ संस्थाहरु यो दिन बन्द रहन्छन्। अन्य धेरै देशहरूमा पनि यो दिन बिदा हुन्छ।
हप्ताका दिनहरू |
---|
आइतवार | सोमवार | मंगलवार | बुधवार | बिहीवार | शुक्रवार | शनिवार |