सञ्चार
From Wikipedia
सञ्चार भनेको विचार र जानकारी (वा सूचना)को आदानप्रदान गरिने प्रकृया हो। सञ्चारका सबै भन्दा सुलभ रुपहरु यी हुन्:
- बोल्नु/सुन्नु
- पढ्नु/लेख्नु
- शरिरको हाऊभाऊ
- अनुभुति प्रकट गर्नु
साथीसँग कुरा गर्नु, किताब पढ्नु, माया गर्नेलाई अँगालो हाल्नु सञ्चारका सामान्य रुप हो।
पत्रपत्रिका, इन्टरनेट, इमेल, टेलिफोन (फोन कुराकानी), कम्प्युटर, रेडियो र टेलिभिजन प्रबिधिको प्रयोगले गरिने सञ्चारका केही उदाहरणहरु हुन्।