सूर्य
From Wikipedia
सूर्य हाम्रो सौर्यमणडलको केन्द्रमा रहेको तारा हो। यसलाई घाम वा सुर्जे पनि भनिन्छ। पृथ्वी लगायत धेरै ग्रह, ग्रहिका, उल्कापिण्ड, पुच्छ्रेतारा आदिहरुले यसको परिक्रमा गर्दछन्। पृथ्वीमा रहेको सम्पूर्ण जीवन सूर्यकै कारणले संभब भएको हो।
[परिवर्तन्] वैज्ञानिक अध्ययन
सूर्यको तौल करिब २×१०३० किलोग्राम छ, जुन सामान्य भन्दा केही बढी हो। यसको तौलको करिब ७४% हाइड्रोजन, २५% हिलियम र बाँकि अन्य गर्हौ पदार्थहरु रहेका छन्। यसको आयु करिब ५ अर्ब बर्ष रहेको अनुमान गरिन्छ। सूर्यले आफ्नो जिवनको आधा यात्रा तय गरीसकेको अनुमान गरिन्छ। यस समयमा सूर्यले परमाणविय सन्धि प्रतिक्रियाद्वारा केन्द्रमा रहेको हाइड्रोजनलाई हिलियममा परिणत गर्दछ। करिब ५ अर्ब बर्षपछि यो ग्रहिय नेबुलामा परिणत हुने छ।
पृथ्विको सबैभन्दा नजिकको तारा भएर र बैज्ञानिकहरु बाट सघन अध्ययन हुँदाहुँदै पनि, यसका बारेमा धेरै प्रश्नहरु अनुत्तरित छन् - जस्तै, किन यसको बाहिरी बायुमण्डलको तापक्रम दशलाख केल्भिन भन्दा बढि छ जबकि यसको देख्न सकिने सतहको तापक्रम ६,०००के मात्र छ।
[परिवर्तन्] वैदिक धारणा
वेद र पुराणमा सूर्य लाई सौर्यमण्डलको सर्वाधिक बलशाली ग्रह मानिन्छ। नवग्रह मध्ये सूर्यलाई विशेष मान्यता दिइएको छ। सूर्यलाई शनिको पिता मानिएको छ। सूर्यको रंग रातो र उसको वाहन रथ हो, उसको एक मात्र चक्र छ जसले वर्षलाई दर्शाउँछ। यस चक्रमा १२ भाग छ जुन १२ महिनाको द्योतक हो। यस चक्रको मध्य मा छ भाग छ जुन छ ऋतुहरु को द्योतक हो। रवि, हेली, भास्कर, विकर्तन, अहस्कर, तपन, पूषा, नभेश्वर, मार्तण्ड, दिवाकर, प्रभाकर, अर्क, अरुण, चित्ररथ आदि यसको पर्याय नामहरु हो।
सौर्यमण्डल |
---|
तारा: सूर्य |
ग्रहहरू: बुध • शुक्र • पृथ्वी • मंगल • बृहस्पति • शनि • युरेनस (राहु) • नेप्च्युन (केतु) |
फुच्चे ग्रहहरू: सेरेस • प्लुटो (यम) • एरिस |
साना सौर्यमण्डलिय पिण्ड: क्षुद्रग्रह पेटी – पुच्छ्रेतारा – उल्कापिण्ड – कुइपर पेटी – फिँजिएको चक्का – उर्ट बादल |
अन्य: चन्द्रमा |